बर्दिया । चैत २ गते
डबल महतरा
धधवार गाविस–८ वेलभारमा फागुन ३० गते
शनिवार थारु सञ्चार मञ्चको आयोजनामा
भएको थारु जातीको जिल्ला भेलाले संघिय
प्रदेशमा थारुहरुको पूर्ण अधिकार सहितको
पहिचान हुनुपर्ने माग सहित १५ बुँदे घोषणा–पत्र
जारी गरेको छ ।
“थारु भाषा संस्कति ओ संस्कार हमार
पहिचान, राजनितिक, आर्थिक, सामाजिक
बिकासक लाग चलाई अभियान” भन्ने नाराका
साथ थारु जातीको पहिचान र पहुँचका लागि
पहिला बखेरीमा ब्यापक छलफल गरी साझा
धारणा सहित अगाडी बढ्न घोषणा–पत्रमा
थारु समुदायको सघन उपस्थिति भएको क्षेत्र
तथा जिल्लालाई पहिचान सहितको
संघियताबाट छुट्टाउन तथा टुक्राउन नहुने,
राज्यका हरेक निकायहरुमा पूर्ण समानुपातिक
र समावेशी प्रतिनिधित्व हुनुपर्ने, थारुहरुको
संघिय राज्यमा थारु भाषालाई संघिय
प्रदेशको सरकारी कामकाजको भाषा बनाउनु
पर्ने, थारुहरुको शैक्षिक बिकास गर्न थारु
मातृभाषामा पठनपाठन गर्न बनेको सरकारी
नितिगत ब्यवस्था तत्काल कार्यान्वयन गर्नु
पर्ने, यसै गरी थारुहरुको परम्परागत संगठन बरघर
प्रणालीलाई कानुनी मान्यता दिई राज्यको
स्थानीय निकायहरुमा प्रभावकारी
प्रतिनिधित्वको सुनिश्चितता गर्नुपर्ने,
थारुहरुमा देखा परिरहेको पुस्तौनी रोग
सिकलसेल एनिमियाको प्रभावकारी
उपचारको ब्यवस्था गरिनुपर्ने, राज्यद्धारा
समावेशी संचार बिकास गर्न थारु लगायत
स्थानीय भाषाको लागि प्रयाप्त बजेटको
ब्यवस्था गर्नु पर्ने, थारु भाषा संरक्षण तथा
बिकासको लागि राज्यले प्रयाप्त बजेट
लगानी गर्नुपर्ने,
साथै थारुजातिको शैक्षिक गुणस्तर वृद्धि गर्न
बिशेष योजना बनाई छात्रवृत्तिको ब्यवस्था
गर्नु पर्ने, मुक्त कमैया र मुक्त कमलहरी
पुनःस्थापनामा प्रयाप्त र प्रभावकारी
ब्यवस्थापन तत्काल कार्यान्वयन गर्नुपर्ने, थारु
भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र
अध्ययन अनुसन्धान गर्न राज्यले र स्थानीय तथा
राष्ट्रिय स्तरमा प्रयाप्त बजेट छुट्याउनु पर्ने,
लोक सेवा आयोगद्धारा सरकारी निकायका
लागि छनौट गर्ने कर्मचारी जातिय
जनसंख्याको आधारमा थारु जातिका लागि
आरक्षण कोटा छुट्याउनु पर्ने, थारु महिलाहरुको
आर्थिक सामाजिक तथा शैक्षिक बिकासका
लागि प्रभावकारी योजना बनाई
कार्यान्वयन गर्नुपर्ने पनि घोषणामा उल्लेख छ ।
घोषणा पत्रमा उल्लेखित थारु जातिहरुको
सवाललाई सम्बन्धीत निकाय मार्फत सम्वोधन
गराउन तत्काल लिखित रुपमा पहल गर्ने थारु
सञ्चार मञ्चका अध्यक्ष मानबहादुर चौधरीले
बताए ।
कार्यक्रममा तीन वटा कार्यपत्र प्रस्तुत
गरिएको थियो । थारु जातीको
राजनितिक अवस्था, चुनौति र सम्भावना
शुसिल चौधरी, थारु जातीको आर्थीक,
सामाजिक, सांस्कृतिक अवस्था, चुनौति र
सम्भावना र थारु जातिको सञ्चारमा पहुँचको
अवस्था, चुनौति र सम्भावना विषयमा नेपाल
पत्रकार महासंघ का केन्द्रिय सदस्य तथा
मध्यपश्चिम संयोजक झलक गैरेले गरेका थिए । सो
अवसरमा बिशेष अतिथीको रुपमा उपस्थित
सभासद गोपाल दहित र मानबहादुर थारुले
संविधान सभामा आफ्नो तहबाट थारु
जातिको अधिकार संविधानमा समेट्न आवाज
उठाई रहेको र समुदाय तहबाट पनि दवाव सृजना
गर्न आवश्यक रहेको बताउँदै त्यसको लागि
सक्रिय हुन आग्रह गरे ।
बर्दिया जिल्लाका थारु राजनीतिक अग्वा,
स्ंविधानसभाका सदस्य, कानुन व्यवसायी,
सामाजिक अगुवा, बडघर, महिला, मुक्त कमैया,
मुक्त कमलहरी, यूवाहरु गरी १ सय ५० जनाको
सहभागिता रहेको थियो । कार्यक्रमका
सहभागिहरुले थारु जाति भाषीहरुको हक र
अधिकारलाई सुनिश्चित गर्न तथा पहिचान र
पहुँचलाई स्थापित गर्नका लागि आवाजमा
आवाज मिलाउदै न्यायपूर्ण आन्दोलनमा
सहभागि भै रहने प्रतिवद्धता गरेका छन् ।
कार्यक्रम सफल पार्न स्थानीय सृजनशिल यूवा
क्लब, बेलभार गाउँ समिति, यूनिक नेपाल, बेस
बर्दिया, स्पेश बर्दिया, कमैया महिला
जागरण संघ बर्दिया, यूवा अभियान बर्दिया,
थारु महिला उत्थान केन्द्र बर्दिया, कमासु
दिगो बिकास समाज बर्दिया, मनकामना स.
मिल पदनाहा, रेडियो रामज्ञानु एफएम र चली
गोचाली राष्ट्रिय मासिक पत्रिकाले
सहकार्य गरेका थिए ।
Tuesday, March 17, 2015
थारु सञ्चार मञ्चको आयोजनामा भएको "थारु पहिचान ओ पहुँचक लाग पहिला बखेरी"ले संघिय प्रदेशमा थारुहरुको पूर्ण अधिकार सहितको पहिचान हुनुपर्ने माग सहित १५ बुँदे घोषणा-पत्र जारी गरेको छ -
Sunday, March 15, 2015
I Love Tharu Culture
गजलः
टुँ महिन मन परैठो कैख जन्ले बाटुँ मै॥
हजारौँ हजारमे तुहिन छन्ले बाटुँ मै॥
गहनै गहनासे सजाक स्वर्गके परि हस।
आपन मुटुम धारम कैख ठन्ले बाटुँ मै॥
टुँ म्वार छैली बन्न कहिया मौका आई।
कैख रात दिन बराबर गन्ले बाटुँ मै॥
तोहाँर ऐना दगर भर काँटा हताके।
मखमली फुलक रेखा तन्ले बाटुँ मै॥
आपन सँस्कृतिक पहिरान घलैम सोचक।
तोहाँर लग लेहङ्गा चोलिया नन्ले बाटु मै॥
Subscribe to:
Posts (Atom)